नेपाल र अमेरिकाबीचको एमसीसी सम्झौता राजपत्रमा प्रकाशित

574

काठमाडौं, १८ बैशाख । सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ ।

प्रतिनिधिसभाबाट व्याख्यात्मक टिप्पणीसहित करीब दुई महिना अघि अनुमोदन भएको सम्झौतालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रकाशित गरेको हो ।

राजपत्रमा प्रकाशित भएसँगै उक्त सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

Previous articleभारतमा ३३ सय नयाँ संक्रमित थप, ४० जनाको मृत्यु
Next articleसुनको मूल्य तोलाको रु ९९ हजार

Leave a Reply