एमाले धनकुटाको ६० ओटै वडामा प्रशिक्षण कार्यक्रम : ६ हजार बढी सहभागी हुने

1313

धनकुटा | नेकपा एमाले धनकुटाले यहि भाद्र १९ गते ६० ओटै वडा कमिटिका नेताकार्यकर्ताहरूलाई प्रशिक्षण दिने भएको छ। जिल्लाको सातैतहका पालिकाहरुकाकाे सबै वडामा प्रशिक्षण दिन लागिएको नेकपा एमाले धनकुटा जिल्ला कमिटिको अध्यक्ष राजेन्द्र कुमार राईले जानकारी दिए ।

उत्त प्रशिक्षण मा कम्तिमा एक वडामा सय जना भन्दा बढीकाे सहभागीता रहने नेकपा एमाले पार्टी धनकुटाले जनाएको छ । प्रशिक्षण कार्यक्रममा जिल्लाका ६ हजार बढी कार्यकर्तालाई समसमसामयीक राजनीति, बदलिँदो राजनिती शक्ति सन्तुलन, नेकपा एमाले धनकुटाले खेल्नु पर्ने भूमिका र अब आउने पार्टीको महाधिवेशन आदि सम्बन्ध मा प्रशिक्षण दिइने अध्यक्ष राइले जानकारी गराए ।

यस प्रशिक्षण बाट वर्तमान परामादेशको सरकारले नेकपा एमाले बिभाजनको लागि रचित कालो पर्दा भित्रको खेलका बारेमा कार्यकर्ता स्पष्ट हुने राईले बताए । गत भाद्र १२ गते पालिका स्तरीय प्रशिक्षण सकेको नेकपा एमाले धनकुटामा पार्टी फुटको असर नगण्य रहेको बरु अन्य पार्टीहरु बाट समेत प्रबेश को आकर्षण बढेको जिल्ला कमिटी सचिवालय सदस्य शिव आङ्लाले बताए ।

वडा स्तरीय कार्यक्रम सम्बन्धमा वडा कमिटी, जनवर्गीय संगठन लगायत संगठित सदस्यलाई खबर गरिएको र कार्यक्रम सामाजिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड अपनाउदै सन्चालन गरिने जिल्ला कमिटी सदस्य एवम् प्रचार प्रसार बिभाग सदस्य दिबेश खड्काले जानकारी दिए ।

Previous articleअफगानिस्तानबाट अन्तिम अमेरिकी सेना बाहिरिएपछि मनाए तालिवानले विजयको बिगुल
Next articleजयसिंह धामी घटनालाई सरकारले थामथुम पार्न खोज्यो – एमाले

Leave a Reply