एमालेमा प्रवेश गरेको छैन,कारबाही फिर्ता गरिपाउँ : टोपबहादुर रायमाझी

623

नेकपा  माओबादी केन्द्रले पार्टी साधरण समेत नरहने तथा संसद पदबाट  निष्कासनमा  परेका नेता रायमाझी अहिले आफूले पार्टी नछाडेको भन्दै सांसद पदमा पुनर्बहाली माग गर्दै रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको बताएका छन् ।

२०७७ पुसमा तत्कालिन प्रधानमन्त्री केपि ओली संसद बिघटन गरेपछि सरकारमा सहभागी भएका रायमाझीलाई नेकपा माओवादी केन्द्रले निष्कासन गरेपछि सांसद पदबाट पदमुक्त भएका थिए ।

उनले रिटमा केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमालेमा औपचारिक रूपमा प्रवेश नगरेको र पार्टीको सदस्यता नलिएको र  माओवादी केन्द्रको महाधिवेशन नभएको, पार्टीको आधिकारिकता नभएको, सोही पार्टीले आफूलाई स्पष्टीकरणसम्म नसोधी कारबाही गरेको कुरा मान्य हुन नसक्ने भन्दै सांसद पदबाट हटाउने निर्णय बदर गर्न माग गरेका छन |उनले आफूलाई सफाइको मौका नदिई कारबाही गरिएको भन्दै सांसद पदमा पुनर्बहाली र पार्टी सदस्य कायम राख्न माग गरेका छन् ।

नेता रायमाझीसँगै माओवादीबाट निष्कासनमा परेका नेताहरु प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले पनि आफूहरुको सांसद पद पुनर्वहाली माग गर्दै रिट दिएका छन् ।

Previous articleअजिमा हल नजिकै आगलागी !
Next articleकोरोना बिरुध यी ५ खानाहरु !

Leave a Reply