स्वारेजको गोलले जोगायो बार्सिलोनाको हार

713

एजेन्सी – लुईस स्वारेजलेले खेलको अन्तिममा गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोना हारबाट जोगिएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले कमजोर टोली भिल्लारियलसँग ४–४ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

भिल्लारियलको मैदानमा भएको खेलको सुरुवाती अग्रता बार्सिलोनाले लिएको थियो । बार्सिलोनाका लागि फिलिप काउटिन्होले १२ औं मिनेटमा पहिलो गोल गरेका थिए । १६ औं मिनेटमा माल्कोमले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए ।

त्यसपछि २३ औं मिनेटमा भिल्लारियलका स्यामुयल चुकवाजाईले गोल गर्दै खेललाई २–१ को स्थितीमा ल्याए । कालटोको इकाम्बीले ५० औं मिनेटमा थोल गर्दै खेललाई बराबरीमा लगे । ६२ औं मिनेटमा भिसेन्टे इबोराले गोलगर्दै भिल्लारियललाई अगाडी बढाए । ८० औं मिनेटमा कार्लोस बाकाले गोल गरेपछि भिल्लारियललाई ४–२ गोलको अवस्थामा पुगेको थियो ।

बार्सिलोनाका लागि खेलको अन्तमा कप्तान लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरेका थिए । मेस्सीले ९० औं र स्वारेजले इन्जुरी समयमा गोल गर्दै बार्सिलानालाई हारबाट जोगाएका थिए । यस नतिजाले शीर्ष स्थानको बार्सिलोनाले ३० खेलबाट ७० अंक बनाएको छ । रेलिगेशनबाट जोगिन संघर्षरत भिल्लारियल ३० अंकसहित १७ औँ स्थानमा छ ।

यसैगरी मंगलबार राति नै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले गिरोनालाई २–० गोलले हरायो । एट्लेटिकोको जितमा डिएगो गोडिनले ७६ औं र एन्टोइन ग्रीजम्यानले ९० औं मिनेटमा गोल गरेका थिए । जितसँगै एट्लेटिकोले ६२ अंक बनाएको छ । ३४ अंक बनाएको गिरोना १४ औं स्थानमा छ । अर्को खेलमा गेटाफे र स्पान्योलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

Previous articleजन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन गृहको परिपत्र
Next article२०० तेस्रो लिङ्गीले नागरिता फिर्ता गर्ने

Leave a Reply