नरेन्द्र मोदी लाई मातृशोक

261

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबा मोदीको आज विहान १०० वर्षको उमेरमा निधन भएको छ । हिराबाको अहमदाबादको युएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एण्ड रिसर्च सेन्टरमा आज बिहान ३ः३० बजे निधन भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई मंगलबार राति अस्पताल भर्ना गरिएको थियो । आफ्नी आमाको अन्त्येष्टिमा सहभागी हुन् प्रधानमन्त्री मोदी बिहान ७ः४५ मा अहमदाबाद पुगेका थिए । यहाँबाट उनी सिधै गान्धीनगरको रायसन गाउँमा भाइ पंकज मोदीको घर पुगे।

उनी पुगेपछि आमाको अन्तिम यात्रा सुरु गरियो। मोदीले आमाको शव काँधमा बोकेर शववहानसम्म पुर्याए । अन्तिम यात्रा सेक्टर–३० स्थित शवदाह गृहमा लगिने भारतीय समाचार दैनिक भाष्करले जनाएको छ । अन्त्येष्टिपछि निर्धारित सबै कार्यक्रममा प्रधानमन्त्री मोदी सहभागी हुनेछन् ।

मोदीको सचिवालयले ट्वीट गर्दै प्रधानमन्त्री अन्त्येष्टि पछि आफ्ना सबै निर्धारित कार्यक्रममा सहभागी हुने जानकारी दिएको छ । उनले आज भिडियो कन्फरेन्समार्फत बंगालमा महत्वपूर्ण परियोजनाको पनि शुभारम्भ गर्नेछन्।

Previous articleझन्डै २ हजार गाडी वीरगञ्ज भन्सारमा अड्किए
Next articleप्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Leave a Reply