महान फुटबलर पेलेको निधन

32

काठमाडौं, १५ पुष । विश्वप्रसिद्ध महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो)को निधन भएको छ । ८२ वर्षीया ब्राजिलियन फुटबलर पेलेको उपचारको क्रममा आज अस्पतालमा निधन भएको बिबिसीले जनाएको छ ।

पेलेले आफ्नो फुटबल खेल जीवनमा १३६१ खेलमा १२८१ गोल गरेका छन् । जसमा उनले आफ्नो देशको लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।

पेले विश्वका एकमात्रै यस्ता महान खेलाडी हुन जसले आफ्नो करियरमा तीन पटक विश्वकपको उपाधि जितेका छन् । उनले १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए ।

उनी मिर्गौला र प्रोस्टेट रोगबाट ग्रसित थिए । पेलेको निधनबारे उनकी छोरीले जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ ।

Leave a Reply