माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. महतो द्वारा शपथ ग्रहण ।

69

काठमाडौँ,२६ मंसिर |माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोद्वारा नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ ।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

माछापुच्छे बैंकको मिति २०७९/०८/१२ गते सोमबार बसेको ४७२ औ संचालक समितिको बैंठकले डा.उपेन्द्र महतोज्यूलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । राष्ट्रिय एंव अन्र्तराष्ट्रिय स्तरमा सफल उद्यमीको छवि बनाईसक्नु भएका डा.महतो “गैर आवासीय नेपाली संघ”का संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

Leave a Reply