हल्ट प्राइज एट आइ. एम. एस.को अन क्याम्पस लागि आयोजकले साझा आनलाइन लाई आफ्नो मिडिया पार्टनरको रूपमा

111

काठमाडौं १६ मङ्सीर । हल्ट प्राइज एट आइ. एम. एस.को अन क्याम्पस कार्यक्रमको लागि आयोजकले साझा आनलाइन लाई आफ्नो मिडिया पार्टनरको रूपमा लिएको छ।

आइ. एम. एस. कलेजमा यो वर्ष हल्ट प्राइजको अन – क्याम्पस इभेन्ट सुरु भएको छ। विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने प्रतियोगिता जसको फाइनल जित्ने टोलिले १ मिलियन अमेरिकि डलर पाउछने चलन छ। नोभेम्बर देखि ‘हल्ट प्राइज एट आइ. एम. एस’ को नाममा औपचारिक रूपमा सुरु भएको हो।

प्रतियोगिताको पहिलो चरण अन – क्याम्पस इभेन्टको अभिमुखीकरण कार्यक्रमको सफल समापन सँगसँगै कलेजले हल्ट प्राइज २०२२-२३ संस्करणको लागि ‘ साझा आनलाइन’ नामक अनलाइन समाचार दातालाई आफ्नो आधिकारिक मिडिया पार्टनरको रूपमा स्थापित गरेको छ।

हल्ट प्राइज एट आइ. एम. एस. को विभिन्न कार्यक्रमहरु २ महिनाको अन्तरालमा भइ यसको फाईनल कार्यक्रम माघ अन्तिम साता हुने योजना रहेको आयोजकको भनाइ छ।

Leave a Reply