ओनसरी घर्ती काठमाडौं-२ बाट पराजित

337

काठमाडौं, मंसिर ७ । काठमाडौं क्षेत्र नम्बर २ बाट चुनाव लडेकी पूर्वसभामुख ओनसरी घर्ती पराजित भएकी छन्। घर्तीलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले हराएकी हुन्।

२०६४ सालमा समानुपातिकबाट संविधानसभा सदस्य भएकी घर्ती दोस्रो संविधानसभामा रोल्पा २ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्। उनी २०७० सालमा संविधानसभाको उपाध्यक्ष भएकी धर्ती २०७२ देखि २०७४ सालसम्म संसदको सभामुख भएकी थिइन्। उनी नेपालको पहिलो महिला सभामुखसमेत हुन् । उनी २०७४ मा समानुपातिकबाट निर्वाचित भएकी थिइन्।

Previous articleक्रान्तिकारी माओवादी र नेकपा (बहुमत)का १३ जना नेता कार्यकर्ताहरू रिहाइ
Next articleहारिन मानुषी यमी,खेर गयो बाबुरामको दौडधुप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here