१५ हजार मतपत्रसहित भारतीय नागरिक पक्राउ

59

काठमाडौं,३० कार्तिक । निर्वाचनको १५ हजार मतपत्रसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पश्चिम चम्पारनका ४० वर्षका ईजाजत अहमद रहेका छन् । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर भारतबाट मतपत्र नेपाल ल्याउँदै गर्दा उनी पक्राउ परेका प्रहरीले जनाएको छ ।

मोटरसाइकल र मतपत्र नियन्त्रणमा लिइ उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन् ।

Leave a Reply