बाम-लोकतान्त्रिक गठबन्धन सैलुङ-काठमाडौ सम्पर्क समन्वय समिति द्वारा काठमाडौंमा चियापान कार्यक्रम सम्पन्न

274

काठमाडौं,२७कार्तिक  । लोकतान्त्रिक बाम गठबन्धन सैलुङ-काठमाडौ सम्पर्क समन्वय समितिले काठमाडौंमा चियापान कार्यक्रम गरेको छ । सैलुङ-काठमाण्डौं सम्पर्क समन्वय समिति नेपाली काँग्रेस र सैलुङ-काठमाडौं सम्पर्क समन्वय समिति नेकपा माओवादी केन्द्र र एकृकित (समाजबादी)को काठमाण्डौंमा संयुक्त चियापान गरेको हो ।

उम्मेदवारी दर्तापछि निर्वाचन अभियानलाई तीब्रता दिँदै आएको गठबन्धन दलले आज काठमाडौंमा संयुक्त चियापान कार्यक्रम सम्पन्न गरेको हो । चियापान कार्यक्रममा नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य जिप छिरिङ लामा प्रमुख अतिथि थियो भने नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बलराम थापा, नेपाली काङ्ग्रेसको केन्द्रिय अजय बाबू सिबाकोटी लागाएतको नेताहरूको उपस्थिति रहेको थियो।

दोलखामा गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका गंगा कार्की र प्रदेशसभामा नेपाली काङ्ग्रेसका दुई नेता चुनावी मैदानमा छन् । जसमा प्रदेश ‘क’ मा नेपाली काङ्ग्रेसका कुन्दन राज काफ्ले र ‘ख’ बाट नेपाली काङ्ग्रेसको दोलखाको सभापति बर्मा लामाले चुनाव लड्दैछन् । दोलखामा नेकपा माओवादी केन्द्र,एकृकित समाजबादी र कांग्रेसको गठबन्धन रहेको छ ।

Previous articleअखिल क्रान्तिकारीहरु द्वारा निर्वाचन बहिष्कार विरोध जुलुस र कोण सभा सम्पन्न
Next articleआज केहि स्थानमा वर्षाको सम्भावना

Leave a Reply