किर्ते हस्ताक्षर गरी रकम आफ्नै खल्तीमा

247

कालिकोट,१९ कात्तिक । जिल्ला शिक्षा तथा समन्वय इकाई कालिकोट कार्यालयमा व्यापक अनियमितता पाइएको छ । २० साउन २०७९ मा बसेको द्वन्द्वपीडित शिक्षकको पदस्थापना तथा पुनर्बहालीबारे बसेको बैठकमा उपस्थित ९ शिक्षकको कार्यालय प्रमुख चन्दप्रकाश अधिकारीले किर्ते हस्ताक्षर गरी रकम बुझेको पाइएको हो ।

एक जनालाई १ हजार ५ सयका दरले पाउने बैठक भत्ता शिक्षा विकास तथा समन्वय प्रमुख अधिकारीले किर्ते गरी रकम नदिएका हुन् । बैठकमा उपस्थित ९ मध्य कार्यालय प्रमुख र सूचना अधिकारीबाहेक सात जनाको १ हजार ५ सयका दरले पाउने जम्मा ८ हजार ९ नौ २५ रुपैयाँ प्रमुखले खाएका छन् ।

बैठकमा उपस्थित शिक्षक संघसंगठन पदाधिकारीले आफूहरू बैठकमा उपस्थित रहेको तर भत्ताको भरपाईमा हस्ताक्षर नगरेको बताएका छन् । उनीहरूले भरपाईमा हस्ताक्षर नगरेको दाबीसमेका गरेका छन् ।

उपस्थित सहभागी बैठक भत्ताको भरपाई र अन्य बैठकको हस्ताक्षर फरक देखिएको छ । दुई महिनासम्म कार्यालयमा हाजिर नभएका अधिकारी र कार्यालय सहयागी हाल काठमाडौंमा छन । यतिमात्र हैन, गाडी नै नभएको कार्यालयमा इन्धन र मर्मत बिलसमेत मिलाएर खर्च गरेको भेटिएको छ । अफिसको गाडी र जेनेरेटरको इन्धन भनेर खर्च गरिएको आजको राजधानी दैनिकमा खवर छ ।

Previous articleचुनाव जितेका सांसद एकपटक पनि माझी बस्ती पुगेनन्
Next articleनिर्वाचनका कारण पालिकामा विकास ठप्प

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here