बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर प्रवेश द्वारगेट नेपाली सेनाले बनाई दिने,

452

धनकुटा कात्तिक ३ ,
धनकुटाकाे हिले बजारमा  स्थित  धार्मिक पर्यटकीय स्थल श्री बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर प्रवेश द्वार गेट नेपाली सेनाले बनाई दिने भएको छ । आज एक कार्यक्रमका विच मन्दिरको गेट भिमदल गण सल्लेरीका गणपति सुमन थापाले शिलान्यास गर्नु भएको छ । मन्दिर प्रवेश द्वार गेटकाे शिलान्यास गर्दै गणपति थापाले नेपाली सेनाको आर्थिक वर्ष २०७९/८० काे बजेट १० लाखमा निर्माण गर्न लागिएको जानकारी दिनु भयो ।

साथै उहाले नेपाली सेना धनकुटा जिल्लामा रहेको विभिन्न धार्मिक स्थलहरुकाे संरक्षण प्रवद्वनका लागि काम गर्दै आईरहेको जानकारी दिनु भयो ।

उक्त शिलान्यास कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका पदाधिकारी , बजार व्यवस्थापन समितिका पदाधिकारी लगायत स्थानीय बासिकाे उपस्थिति रहेको थियोे ।

Previous articleव्याटमिन्टन क्लवकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
Next articleउम्मेदवारको खर्च सीमा तोकियो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here