‘सायरा’ फिल्म निर्माता रघु परियार नेपाल जनता दल बाट समानुपातिकको पहिलो नम्बरमा

136

काठमाडौं,असोज ४ । ‘सायरा’ फिल्म निर्माता रघु परियार नेपाल जनता दल बाट समानुपातिकको पहिलो नम्बरमा परेको छ | प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि नेपाली जनता दलले सोमबार बन्द सूची निर्वाचनमा आयोगमा बुझाएको थियो । दलले सिफारिस गरेको सूचीको नम्बर १ मा निर्माता रघु पर्नुभएको हो । अन्तर्राष्ट्रिय सम्पर्क राम्रो भएको र नेपाली राजनीति बुझेको युवा भएकोले उहाँको नाम पहिलो स्थानमा सिफारिस गरिएको दलले जनाएको छ । आसन्न प्रतिनिधि तथा प्रदेश सभामा २७५ सांसद रहनेछन् । जसमा ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।

नेपाली जनता दलका वरिष्ठ उपाध्यक्षसमेत रहनु भएका रघुले आफ्नो नाम पहिलो स्थानमा सर्वसम्मत रुपमा चयन भएकोमा खुशी व्यक्त गर्नुभयो । ‘मलाई मेरो कर्मको फल प्राप्त भए जस्तो लागेको छ । मैले गरेको मेहनतले नै मलाई पार्टीबाट सर्वसम्मत रुपमा समानुपातिक तर्फको सूचीमा १ नम्बरमा राखिएको छ’ उहाँले भन्नुभयो । निर्माता रघुले केही दिन अगाडी मात्र बलिउड निर्माता तथा निर्देशक पुस्कर झासँगको सहकार्यमा ‘सायरा’ नामक नेपाली फिल्म निर्माणको घोषणा गर्नुभएको थियो । पुस्करसँग उहाँको नेपाली व्यानर डीबीआर मेडिया एण्ड मुभिज प्रालि र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानी रहनेछ ।

चलचित्रलाई बलिउड अभिनेता तथा निर्देशक विशाल देसाईले निर्देशन गर्दैहुनुहुन्छ । अस्ट्रेलियामा ९० प्रतिशत र नेपालमा १० प्रतिशत छायांकन हुने यो चलचित्रमा आर्यन सिग्देल, सुफीया सिद्दिकी, कविता नेपाली लगायतको अभिनय रहनेछ । चलचित्र आउँदो अक्टोबरमा छायांकन हुने तयारी गरिदैछ । रघुले पहिलो चलचित्र ‘विरांगना’ निर्माण गर्नुभएको थियो ।

Leave a Reply