सुर्खेतमा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य र प्रदेश सदस्य पक्राउ

224

काठमाडौँ,३ असोज |सुर्खेतमा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य र प्रदेश सदस्यलाई  पक्राउ गरेको छ |

वर्तमान  संसदीय व्यवस्था र संविधानले जनताको समस्या समाधान गर्न नसकिने भन्दै   संबिधान दिवसको अवसरमा  संविधानको विरोध गर्दै  आयोजित शान्तिपूर्ण विरोध कार्यक्रम सम्पन्न भइसके पछि तीनवटा भ्यानमा आएका प्रहरीहरुले बल प्रयोग गरी पार्टीका केन्द्रीय सदस्यहरु  दिपक शाही,  तेज विक्रम शाही तथा पार्टीका कर्णाली प्रदेश सदस्यहरु  राजन बुढा,  ललित सुनार, नारायण न्यौपाने र विकल्पलाई गिरफ्तार गरी सुर्खेत एस. पी. कार्यालयमा हिरासतमा राखिएको र तत्काल रिहाई गर्न   विज्ञप्ति जारी गरेको छ |

शान्तिपूर्ण कार्यक्रममा यस प्रकारको दमनको घोर निन्दा एवम् भर्त्सना गर्दछौं र गिरफ्तार सम्पूर्ण लाई अविलम्ब रिहाइ गर्न माग गर्दै अन्यथा, दबावमूलक अन्य सङ्घर्षका कार्यक्रम सञ्चालन गर्न आफुहरु बाध्य हुने भनि बिज्ञप्तिमा भनिएको छ |

Leave a Reply