प्रधानमन्त्री कार्यालयले नै लुकायो प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति

70

काठमाडौं, असोज ३ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरे पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने अझै पनि प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण भने सार्वजनिक गर्न सकेको छैन । ढेड साताअघि बसेको मन्त्रिपरिषद् बैठकले सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

तर, सो निर्णय भएको ढेड साता बितिसक्दा समेत प्रधानमन्त्री कार्यालयले उनीहरू सबैको सम्पत्ति विवरण गोप्य राखेको हो । प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने दायित्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै हो तर सो कार्यालयले बेवास्ता गर्दा प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुन नसकेको हो । प्रधानमन्त्री कार्यालय स्रोतले भने सबैको सम्पत्ति विवरण प्राप्त भइसकेकको र दुई÷चार दिनभित्रै सार्वजनिक गर्ने तयारी गरिएको दाबी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः सबै मन्त्रीले एक वर्षदेखि नै सम्पत्ति विवरण गोप्य राख्दै आएका थिए । उनीहरूले सम्पत्ति विवरण गोप्य राखेकोमा व्यापक विरोध हुन थालेपछि एक वर्षपछि मात्रै मन्त्रिपरिषद् बैठकले सम्पत्ति सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

विगतका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सरकारमा आएको ६० दिनभित्र वा आर्थिक वर्ष सकिएको ६० दिनभित्र आपूm र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका थिए । तर, वर्तमान गठबन्धन सरकारका प्रधानमन्त्री देउवालगायत सबै मन्त्रीहरूको सम्पत्ति विवरण एक वर्षदेखि गोप्य रहँदै आएको छ ।

२०४६ सालको जनआन्दोलनको सफलतापछि २०४८ सालमा जननिर्वाचित प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाको शासनकालमा प्रधानमन्त्री र मन्त्रीहरूले नियुक्तिको १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा बसालिएको थियो । त्यसपछि बनेका अधिकांश सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्दै आइरहेका थिए । तर, पारदर्शी मानिने सो अभ्यास र परम्परालाई वर्तमान देउवा नेतृत्वको सरकारले तोडेको छ ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त हुनासाथ आप्mनो वेभसाइटमार्फत सबैको सम्पत्ति विवरण सार्वजनिक गर्ने गथ्र्यो तर यसपटक भने सार्वजनिक गरिएको छैन । राजधानी दैनिकबाट

Leave a Reply