एकीकृत अखिल नेपाल शिक्षक संगठन सैलुङ गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न

450

सैलुङ असोज १।नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन सैलुङ गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न गरिएको छ ।रमेश अधिकारीको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो ।

शनिबार भएको कार्यक्रममा उपाध्यक्षमा धनलक्ष्मी श्रेष्ठ चयन भएका छन् । यस्तै सचिवमा क्षसाङ तामाङ , सहसचिव कमल थापा मगर , कोषाध्यक्ष शम्भु तामाङ , सदस्यहरुमा माधब थापा,दुर्गा कार्की,कुमारी तामाङ,शम्भु नेपाली,कमल बस्नेत,हेम बहादुर थपलिया,लखन रावल,राजन तामाङ,नारायण चौधरी,फुरुडोल्मा तामाङ र सबिता तामाङ चयन भएका छन् ।

कार्यक्रमा नेकपा (माओवादी केन्द्र)को केन्द्रिय सदस्य नवीन जिरेल,नेकपा (माओवादी केन्द्र)को प्रदेश सदस्य रिमालबाबू श्रेष्ठ ,नेकपा (माओवादी केन्द्र)को जिल्ला सचीव कमल श्रेष्ठ (ज्योति ) एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपध्यक्ष नारायण बुढाथोकी लगायतले मन्तव्य राखेका थिए ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन मान बहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।भने नेपाल बुद्धिजीवी संगठन फुर्ब दोर्जे तामाङको अध्यक्षतामा ९ सदस्य गठन गरेको छ ।

Leave a Reply