कुन्दन काफ्ले दोलखामा गठबन्धनबाट कति सम्भावित उम्मेदवार ?

448

दोलखा, २९ भदौ । आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि दलहरु तयारीमा जुटेका छन् । सत्ता गठबन्धन यतिवेला सिट बाँडफाँटमा जुटेको छ। तर, अहिलेसम्म सिट बाँडफाँटबारे सहमति हुन सकेको छैन् । दोलखामा पनि चुनावी सरगर्मी बढेको छ। जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवार सिफारिस भएका छन् ।

दोलखामा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु कुन्दनराज काफ्ले, अजयबाबु शिवाकोटी, जिल्ला सभापति बर्मा लामा, निवर्तमान सभापति रुद्रबहादुर खड्का र पुर्व सभापति ताराबहादुर कोइराला प्रतिनिधि सभा सदस्यकालागि उम्मेदवार सिफारिस भएका छन ।

सिफारिस भएका नेताहरुमध्ये नेविसंघका पुर्वमहामन्त्री काफ्ले सम्भावना बोकेको उम्मेदवार हुन । उनी युवाहरुमाझ निकै लोकप्रिय छन । काफ्लेले तत्कालिन राजा ज्ञानेन्द्र शाहविरुद्घ लोकतन्त्र की राजतन्त्र व्यवस्था रोज्न भन्ने सवालमा पशुपति क्याम्पस चाबहिलमा नमूना जनमतसंग्रह गराएर देशव्यापी चर्चामा आएका थिए । पार्टीको १४औं महाधिवेशनमा लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका काफ्ले कांग्रेसका कान्छा केन्द्रिय सदस्य पनि हुन ।

२०७२ सालमा गएको विनाशकारी भुकम्पमा काफ्लेले दोलखाका गाउँगाउँमा जस्तापाता, त्रिपाललगायत खाद्य सामाग्रीहरु वितरण गरेका थिए । प्रतिगमनविरोधी आन्दोलनको क्रममा चरम यातना पाएर राजद्रोहको मुद्दा समेत खेपका काफ्ले सबैभन्दा बढी जेलनेल भोग्ने युवा नेताको रुपमा परिचित छन् ।

नेविसंघमा रहँदा काफ्लेले राजतन्त्रको सान्दर्भिकता विषयमा बहस चलाएका थिए । गणतन्त्रको प्रस्ताव पास गर्न पार्टीलाई नैतिक दबाब दिने श्रेय काफ्लेलाई नै जान्छ । भर्खरै सम्पन्न स्थानीय निवार्चनमा काफ्लेले गठबन्धनका उम्मेदवारलाइ २ हजार मतान्तरले विजयी गराएका थिए ।

Leave a Reply