माछापुच्छ्र्रे बैंकका ग्राहकले टि.भि तथा World Link इन्टरनेट प्याकेज Easy EMI मा पाउने

142

काठमाडौँ,२९ भदौ | माछापुच्छ्र्रे बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई EMI सुविधामा टि.भि तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा माछापुच्छ्र्रे बैंक लि., NITV Streamz Private Limited / Worldlink Communications Ltd बीच त्रिपक्षिय सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा NITV Streamz Private Limited र Worldlink Communications Ltd  को तर्फबाट प्रमुख कार्यकारी अधिकृत  निरन राजभण्डारी र  केशव नेपाल तथा माछापुच्छ्रे बैेंकको तर्फबाट नायब महाप्रबन्धक  प्रसिद्ध राज अर्यालले हस्ताक्षर गर्नुभएको थियो ।

उक्त सम्झौता बमोजिम यस बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले बैंकको Instapay सुविधा मार्फत टि.भि तथा इन्टरनेट सम्बन्धी विभिन्न कम्बो प्याकेज EMI मा लिन सकिने ब्यवस्था गरिएको छ । आउदो दशैं, तिहार एवं छठ पर्वलाई लक्षित गरी NITV Streamz Private Limited  र Worldlink Communications Ltd ले संचालन गरेको FESTVTY offer मा ग्राहकले करीव ५६% सम्मको छुट पाउन सक्नेछन् ।

बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट  कार्ड तथा Instapay बाट उपभोग गर्न सक्नेछन् । बैंकको क्रेडिट  कार्ड नभएका ग्राहकहरुले अनलाइन मार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् । हाललाई यो सुविधा Worldlink Communications Ltd र NITV Streamz Private Limited   को नेपाल स्थित सबै कार्यालयहरु मार्फत उपलब्ध गराउने भएको छ  ।

यस बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसंग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।

Leave a Reply