स्थायी दरबन्दीको माग गर्दै माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (HISTUN ) द्वरा देशव्यापी आन्दोलनकाे घोषणा

115

धनकुटा भदौ २८,
माध्यमिक तहमा अध्यापन गराइरहेका अस्थायी, करार र अनुदानका शिक्षकहरुको आन्तरिक प्रतिस्पर्धाबाट स्थायी दरबन्दीको माग गर्दै माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (HISTUN ) ले घोषणा गरेको देशव्यापी आन्दोलनका कार्यक्रम अन्तर्गत आज हिले माध्यमिक विद्यालयका शिक्षकहरुले पनि समर्थन जनाउदै हातमा कालो पट्टि बाधेर अध्यापन गराएका छन ।

साविक उच्च मा. वि. तहमा अध्यापनरत शिक्षकहरुले आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै हातमा कालोपट्टी बाँधी अध्यापन गराउनु भएको जानकारी हिले मा.वि.का शिक्षक श्री योगेश भण्डारीले जानकारी गराउनुभयो । कार्यक्रम अन्तर्गत २८ र २९ गते हातमा कालो पट्टि बाधेर अध्यापन गराउने र ३० गते पेन डाउनको कार्यक्रम रहेको पनि शिक्षक भण्डारीले बताउनु भयो ।

Leave a Reply