चलचित्रको ट्रेलर मै “दार्बुङ” को अर्थ खोज्नेहरुलाई पनि निर्देशकले चलचित्रको अन्त्यमा स्पस्ट परेको देखिन्छ |

406

तामाङ भाषाको चलचित्र दार्बुंङ को प्रिमियर शो सनिबार राष्ट्रिय नाँचघरमा सम्पन्न भएको छ |कलाकार तथा निर्देशक हुत्ता संजय लामाको निर्देशनमा बनेको यस चलचित्रले दर्शकलाई रुवाएना मात्रै मनमा एक किसिमको आत्मा शान्ति पनि दिलाएको छ | काख्रे चलचित्रको खराब व्यवस्थापन को कारण दर्शक भाँडिएको र अब दार्बुंङ हेर्न दर्शक नआउने पिरले पिरोलिएको निर्देशक हुत्ता संजय लामा नाँचघरको हल पूर्ण भरिभराउ भए पछी निकै खुसी मुद्रामा देखिन्थे |

मैले निरन्तर भन्दै आएको छु दर्शकहरु त्यहाँ कसैको भाषण सुन्ना गएको होइन | उहाँहरू केवल चलचित्र हेर्न मात्रै जानु भएको हो | त्यसैले यस्तो औपचारिक कार्यक्रमले दर्शकलाई बोरिंङ फील गराउँछ |यो परम्परागत देखि चल्दै आएको व्यवस्था हामीले बिस्तारै विस्थापित गर्दै लानु पर्छ | सयद काख्रे चलचित्र प्रदर्शनको बेला भोगेको वा देखेको अनुभवले होला दार्बुंङ को प्रदर्शनमा धेरै सुधार र औपचारिक कार्यक्रम पनि थोरै भएपनि छोट्याएको पाइयो | यसलाई सकारात्मक रुपमा लिनै पर्छ |

चलचित्रको विषय वस्तु खासै नयाँ होइन तर निर्देशकको निर्देशन गर्ने शैली अनि सम्पुर्ण टेक्निकल कुराहरुले गर्दा चलचित्र हेर्दा कथा वस्तुले दर्शकलाई बाँधिएर राख्न सफल भएको छ | अझ स्पस्ट भन्नु पर्दा चलचित्रको कथाले दर्शकको मन छोएको देखिन्छ | दर्शकलाई भाबुक बन्न बाध्य बनाएको छ |समग्रमा भन्नु पर्दा दार्बुंङ एक सफल चलचित्र बनेको छ | सम्पूर्ण दर्शकको मन जित्न सफल भएको छ |यसो भनि रहँदा म कुनै चलचित्र विश्लेषक भने हैन, यो केवल मेरो व्यक्तिगत धरान मात्र हो |

चलचित्रको ट्रेलर सार्बजनिक देखिनै विवादित विषय बनेको “दार्बुङ” को अर्थ के हो भन्ने हरुलाई पनि निर्देशकले चलचित्रको अन्त्यमा स्पस्ट परेको देखिन्छ | अब सायदै दार्बुंङ को बारेमा प्रश्न नउठाउला ! तामाङ भाषाको चलचित्र कि तामाङ कथानक चलचित्र भनेर प्रश्न गर्ने ‘विद्वान’हरुले आफैले छुट्याउनु भयो होला  भन्ने आशा लिएको छु |

सुमन मोक्तान
प्रबन्ध निर्देशक -साझा अनलाइन

Leave a Reply