तामाङ भाषाको चलचित्र “काख्रे” कतारमा प्रदर्शन हुदै

523

कतार,३० असार | तामाङ भाषाको चलचित्र काख्रे २९ जुलाई शुक्रबारका दिन कतारको “सालिमार इस्तामबुल रेस्टुरेन्ट दोहा, नज्मा” मा प्रदर्शन हुने भएको छ |

असार १८ गते काठमाडौँको राष्ट्रिय नाचघरमा विशेस च्यारेटी शो गरेको काख्रे लाई कतारमा रहेको ” नेपाल प्रवासी तामाङ समाज” नामक सस्थाको
संस्कृति तथा कलाकार विभागको पहलमा प्रदर्शन गर्न लागिएको हो |

राष्ट्रिय नाचघरमा प्रदर्शन गर्ने क्रममा केहि प्राबिधिक समस्याले दर्शकलाई खल्लो बनाए पनि अबको शो मा भने त्यस्तो नहुने चलचित्रका नायक तथा कथाकार रितुराज पाख्रिनले हामीलाई बताउनु भयो |

Leave a Reply