धनकुटा
धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं ५ का वडाध्यक्षलाई बलत्कार आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । ५ नं वडाध्यक्ष वर्ष ३८ का चरे भनिने सन्तोष राईले २३ वर्षकी एक युवतीलाई बलत्कार गरेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिनुभयो ।
सन्तोषलाई गएराती पीडित युवती र उनका आफन्तहरुको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । ती युवतीलाई सन्तोषले झुक्याएर असार २४ गते तेह्रथुम वसन्तपुरको ताप्लेजुङ होटलमा लगी बन्धक बनाएर बलत्कार गरेको जनाईएको छ । प्रहरीका अनुसार ती युवतीलाई सन्तोषले शूरुमा हिले घुम्न जाउँ भनेर लगेको र त्यसपछि गन्तव्य परिवर्तन गर्दै वसन्तपुरको सो होटलसम्म पुर्याएर बन्धक बनाई बलत्कार गरेको हो । घट्ना कसैलाईपनि नभन्ने सर्तमा सन्तोषले होटलबाट युवती छाडेको बताईएको छ ।