तामाङ भाषाको चलचित्र “दार्बुङ”को ट्रेलर सार्वजनिक

707

काठमाडौं, असार १७ । तामाङ भाषाको चलचित्र “दार्बुङ”को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी “दार्बुङ”को ट्रेलर सार्वजनिक गरिएको हो ।चलचित्र आगामी असार ३२ गते शनिबार दिउँसो १ः०० बजे राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन गरिने पत्रकार सम्मेलनबाट जानकारी गराउनु भएको छ ।

उक्त चलचित्रलाई हुत्त सन्जय लामा र अर्जुन खड्काको निर्देशन तथा निरमाया घिसिङ्को लेखन रहेको छ भने उक्त चलचित्रको निर्माता लोप्साङ लामा र इकेस लामा रहेको छ भने सह निर्माता पर्खाइ मोक्तान र भुइसाल लामा रहेका छन ।

चलचित्रमा स्वोर्गिय जयनन्द लामा, सुनिता लुङ्बा, हुत्त सन्जय लामा, मान बहादुर तामाङ ,सिर्जना गोले,डोमो ह्योल्मो,भुइसाल लामा,माया देबि मोक्तान ,राज कुमार तामाङ,इन्द्र बहादुर स्याङ्तान,दोर्जे मोक्तान लगायत कलाकारहरुको अभिनय रहेको छ ।

यसैगरी, चलचित्रमा कार्साङ लामाको संगीत रहेको छ भने प्रजल राउतले छायांकन गरेको उक्त चलचित्रमा द्वन्द सुरज श्रेष्ठको रहेको छ। चलचित्रमा प्रमोसन गित जितु लोप्चन र प्रयास दोङ्को रहेको छ ।

उक्त चलचित्रमा एउटा गरिब परिवारमा जन्मेर अशक्त युबाले भोगेको वास्तविक कथामा रहेको र तामाङ समुदायको पराम्परागत चालचलन मामा र फूपू चेली बिचको प्रगाढ सम्बन्धलाई देखाउन खोजिएको छ।
“दार्बुङ” चलचित्र को ट्रेलर एच एम एम मिडिया युट्युब च्यानलबाट सार्बजनिक गरेको छ ।

Previous articleमाछापुच्छ्रे बैंकको नयाँ शाखा सिम्ले बजारमा, शाखा सञ्जाल १६५ पुग्यो ।
Next articleजना प्रतिनिधिको तलब भत्ता र समाजसेवी युवाहरुको सहयोगमा मुडे- बाघखोर सडकमा ग्राबेल

Leave a Reply