ककनीको विद्युत पोलमा झुन्डिए एक पुरूष, तल झर्न फकाउँदै प्रहरी

380

नुवाकोटमा एक जना पुरूष विद्युतको पोलमा झुन्डिएका छन्। शनिबार करिब १० बजेदेखि एक जना पुरूष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी हैरान बनेका छन्।

ककनी गाउँपालिका-७ मा रहेको पोलमा एक पुरूष विद्युतीय पोलमा चढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। उनी बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक छन्। ‘केही घण्टा भयो, उहाँ पोलमा चढ्नुभएको। प्रहरीले उहाँलाई झर्नको लागि फकाइरहनु भएको छ,’ खड्काले सेतोपाटीसँग भने।

उनका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ। स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरिएको थियो। उनलाई अहिले पोलबाट झर्ने प्रयास भइरहेको छ।

Leave a Reply