सुनको मुल्य तोलामा ६ सय रुपैँया घट्यो

230

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह र बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आइतवार बिहान भएको भेटमा काठमाण्डौ महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको हो ।

images
images
यस्तै भेटमा आउँदा दिनमा बाग्मती प्रदेश सरकार र महानगरले परिणाम मुखी सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।

वैशाख ३० गते सम्पन्न पालिका चुनावमा काठमाण्डौ महानगरको मेयरमा निर्वाचित शाहले आफू निर्वाचित भएसँगै विभिन्न राजनीतिक दलका शीर्ष नेता एवम् विभिन्न सरकारका प्रमुखसँग भेटवार्ता गर्दै आउनुभएको छ ।

Leave a Reply