प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग ४–० गोलले पराजित

292

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग पराजित भएको छ ।

गएराति भएको खेलमा ब्राइटनले युनाइटेडलाई ४–० गोलको फराकिलो अन्तरले हराएको हो । खेलको १५औँ मिनेटमा मोइसेसले गोल गरी ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए।

४९औँ मिनेटमा मार्क कुकुरेलाले गोल गरी अग्रता दोब्बर बनाए । त्यस्तै खेलको ५७ औँ मिनेटमा पास्कल ग्रोबले गोल थपे । लगत्तै खेलको ६०औँ मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गरेपछि ब्राइटन ४–० गोलको फराकिलो अन्तरले विजयी भयो ।

जितसँगै ब्राइटनले ३६ खेल ४७ अङ्क जोडेको छ । ब्राइटन नवौँ स्थानमा छ । ३७ खेलमा ५८ अङ्कका साथ युनाइटेड छैटौँ स्थानमा छ ।

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएका अरु खेलमा ब्रेन्टफोर्डले साउथ ह्याम्पटनलाई ३–० ले एस्टन भिल्लाले बर्नलीलाई ३–१ गोलले र क्रिष्टल प्यालेसले वाटफोर्डलाई १–० गोलले हराएको छ ।

Leave a Reply