विश्वकपका रङ्गशाला निर्माणमा ज्यान गुमाएका श्रमिकप्रति फिफा अध्यक्षको असंवेदनशील टिप्पणी

348

फिफाका अध्यक्ष जियोभानी इन्फान्टीनोले कतार विश्वकपका पूर्वाधार निर्माणमा काम गरिरहेका श्रमिकबारे असंवेदनशील टिप्पणी गरेका छन्। सोमबार पत्रकारले विश्वकपको पूर्वाधार निर्माणमा संलग्न श्रमिकबारे के व्यवस्था गरेका थिए।

इन्फान्टीनोले प्रश्नको जवाफ दिनुसाटो आप्रवासी श्रमिकहरूले कतार विश्वकपको पूर्वाधार निर्माणमा काम गर्न पाउनु नै तिनको लागि गर्वको विषय भएको बताए । कतार विश्वकपका रङ्गशाला निर्माणमा संलग्न श्रमिकहरूमाथि शोषण भएको कैयौँ रिपोर्ट बाहिरिएका थिए।

इन्फान्टिनो सोमबार अमेरिकाको लस एन्जेल्सस्थित मिल्केन इन्टिच्युटमा आयोजित विश्व सम्मेलनमा सहभागी भएका थिए। सोही सम्मेलनमा उनलाई एमएसएनबीसीका प्रस्तोता स्टेफानी रुफ्लेले ‘फिफाले उसको नाफाबाट विश्वकपको पूर्वाधार बनाउने क्रममा मरेका श्रमिकका परिवारलाई ‘कुनै प्रकारको प्रतिबद्धता’ गर्नेछ ?’ भन्ने प्रश्न सोधिएकी थिइन् ।

इन्फान्टिनोले रुफ्लेको प्रश्नको सिधा जवाफ दिएनन् । उनले फिफाकै कारण कतारमा काम गर्ने श्रमिकहरूको न्यूनतम ज्यालाको व्यवस्था कायम भएको र अन्य श्रम अधिकारहरू पनि वृद्धि गरिएको प्रतिक्रिया दिए।

‘परिस्थिति कठिन होला तर जब तपाई कसैलाई केही दिनुहुन्छ भने त्यसले स्वाभिमान र गर्भको भावना दिन्छ । यसमा दया भन्ने कुरा हुँदैन। तर मलाई राम्रो महसुस हुन्छ त्यसैले तपाई केही नगरी जहाँ हुनुहुन्छ त्यही बस्नुस् भन्नु दया हो, हामी त्यो गर्दैनौँ ,’ इन्फान्टीनोले भने ।

इन्फान्टिनोलाई बीचमा रोकेर रुफ्लेले पुन ‘विश्वकप खेलाइने रङ्गशाला निर्माणमा संलग्न श्रमिकबारे’ सोधेकी थिइन्। जसको जवाफ फर्काउँदै इन्फान्टीनोले भने,‘म त्यसैमा आउँदैछु। रङ्गशाला निर्माणमा संलग्न १५ लाख मानिसहरूको जीवनस्तर बदलिएको कुरामा पनि ध्यान दिनुस् न । यो कति गर्वको कुरा हो। यो कुराले हामीलाई त गर्वको महसुस गराएको छ,’ इन्फान्टिनोले यस पटक पनि रुफ्लेको प्रश्नको सिधा जवाफ दिएनन्।

ब्रिटिस मिडिया द गार्जियनले विगतमा कतार विश्वकपको रङ्गशाला निर्माण गर्दा कम्तीमा ६५०० आप्रवासीको मृत्यु भएको एक अनुसन्धानात्मक समाचार लेखेको थियो। इन्फान्टिनोले भने रङ्गशाला निर्माणस्थलमा जम्मा तीन जनाको मृत्यु भएको बताए।

Leave a Reply