नेकपा एमालेका पुर्व वडा अध्यक्ष द्वारा वर्तमान उम्मेदवार लाई खुल्ला पत्र

1077

शैलुङ, वैशाख १३ |नेकपा एमालेका पुर्व वडा अध्यक्ष द्वारा वर्तमान उम्मेदवार लाई फेस बुक मार्फत खुल्ला पत्र लेखेको छ | नेकपा एमाले बाट निर्वाचित भएका पुर्व वडा अध्यक्ष किरण बस्नेतले वर्तमान नेकपा एमालेका उम्मेदवार दिल कुमार तामाङ लाई खुल्ला पत्र लेखेको हो |

प्रिय दिल कुमार दाई,

नेकपा एमाले शैलुङ ५ को तर्फबाट सर्वसम्मत सिफारिस भई आधिकारिक रूपमा शैलुङ गाउँपालिका वडा नं ५को वडा अध्यक्षको उम्मेदवार बन्नुभएकोमा धेरै खुसी लागेको छ। सर्वप्रथम त तपाई लगायत सम्पूर्ण वडा सदस्य ज्युहरुलाई हार्दिक बधाई तथा विजयको निम्ति शुभकामना व्यक्त गर्दछु।
तपाईंका केहि असल गुणहरुले तपाई यस वडाको अध्यक्षको लागि हरेक हिसाबले पहिलो हकदार हुनुहुन्छ नै त्यो भन्दा बढी तपाईंको शालिनता, मेहनत, आर्थिक पारदर्शिता, निश्पक्षता, निश्वार्थिपन र शिष्टताबाट सिङ्गो गाउँ प्रभावित छ।यो हामि सबैको लागि खुसिको कुरा हो।

तपाईं र परिवारको भविष्यको चिन्ता गरि केहि सुझाव दिँदा तपाईले म मेरा छोराछोरी यहिँको बिद्यालयमा पढाउँछु।यहि माटोमा मेरो ५ वर्ष वित्यो पदमा नहुँदा पनि यति गर्न सके अब एक पटक पदमा बसेर केहि गर्न चाहान्छु। नाम र काममा अझ खट्ने गाउँमै बसेर रमाउने तपाईको सोच थाहा पाएपछि मलाई तपाईको पक्षमा लाग्न अझ प्रेरणा मिल्यो हो त्यहि दिन बाट हो मैले अबको वडा अध्यक्ष दिल कुमार तमाङ भन्न थालेको। तपाईंका हरेक कामकारवाही र गतिबिधि बाट सन्तुष्ट भई काटाकुटिका आदरनिय आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरुको चाहाना अनुसार नै सबैजना साथिभाईको सहयोगमा दोलखा जिल्लामै पहिलो सर्वसम्मत वडा अध्यक्षको उम्मेदवारको रुपमा सिफारिस हुनुनै तपाईंको जितको सुनिश्चितता हो।

देशमा जताततै भ्रष्टाचार र अनियमितता मौलाउँदै गैईरहेको, खानुपर्छ रमाउनु पर्छ भन्ने जमात बढिरहेको सन्दर्भमा आथिर्क पारदर्शिताका सवालमा शैलुङ ५ मा मैले धेरैलाई नजिक बाट चिन्ने अबसर पनि पाए ।तपाई एक आर्थिक पारदर्शितामा उत्कृष्ट व्यक्ति हुनुहुन्छ। म ढुक्कका साथ भन्न सक्छु तपाइँलाई कुनै जिम्मेवारी दिदाँ त्यसलाई उत्कृष्ट ढंगले पुरा गर्ने क्षमता तपाईमा छ नै साथै आर्थिक रुपमा समेत कुनै पनि हिसाबले तपाईलाई शंका गर्नु पर्दैन। त्यसैले पनि तपाईलाई वडा अध्यक्षको रुपमा देख्ने म र म जस्ता सम्पुर्ण शैलुङ ५ का युवाहरुको चाहना छ।

तपाईंका बिरुद्धमा बोल्ने कुनै कुरा नपाएपछी केहि ब्यक्ति हरुले २१औ सताब्दीको यो युगमा पनि भोटेको छोरालाई कस्ले नमस्कार गर्छ भन्दै चुनावमा हराउनका लागि मानिसहरूमा जातिय विभेदका विउ रोप्ने कोसिस गरिरहेको भन्ने सूचना छ । सबै जातजाति समान हौ हामि सबै मिलेर बसेका छौ भन्ने कुरामा सबैजना सचेत हुनुहुन्छ नै। भोटका लागि गरिने यस्ता घ्रिणित क्रियाकलापहरु र भ्रमबाट हामि सबै मुक्त हुनु पर्दछ म सबैलाई अनुरोध गर्दछु।
त्यसैले:….

आदरणीय शैलुङ ५ (काटाकुटी) बासि बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरु सबैमा

आगामि बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा सुर्य चिन्हमा मतदान गरि निर्धक्क दिल कुमार तमाङको नेतृत्वको टिमलाई अत्यधिक मतका साथ विजयी गराउनुहुन हार्दिक अनुरोध गर्दछु। यहाँहरुलाई अवगतनै छ नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट शालिन, परिश्रमी, मेहनति, बास्तबिक भुगोलको सच्चा किसान दिल कुमार तमाङ शैलुङ वडा न. ५ (काटाकुटी) को वडा अध्यक्षको उम्मेदवार हुनुहुन्छ।

शैलुङ ५ को भुगोलमा रहेर , सानो होस वा ठुलो । जाडो होस वा गर्मि। जित होस वा हार ।स-साना कृषक समूह छलफल बैठक होस या आमा समुह महिला समुह को। विद्यालय को विकास होस या सहकारी। आफूले लिएको जिम्मेवारी कुशलता पुर्वक सम्पन्न गर्ने।२०७२ साल देखि अनबरत निशुल्क निस्वार्थ आफ्नो आर्थिक अवस्था र पारिवारिक भविष्यको समेत वेप्रबाह गाउँका साना तिना झैझगडाको मेलमिलाप मा होस या ठुला मुद्दा मामिला सधै पिडित र न्यायको पक्षमा लडिरहने। मर्दा, पर्दा र बढ्दा सधैं उपस्थित भैईरहने। अनियमितता कुसंस्कारको बिरुद्ध एक्लो भएपनि बोलिरहने । नियम कानुन सबैलाई समान भन्ने भावनाले ओतप्रोत। हरेक बिकास निर्माण को सहयात्री। अलिकति पनि मपाईत्व को भावना नभएका आर्थिक पारदर्शितामा उत्कृष्ट व्यक्तित्व।गाउँ गाउँ र फेरि पनि गाउँ भनेर निरन्तर, निशुल्क, निस्वार्थ लागिरहने शैलुङ गा.पा. ५ का एक निडर योद्धा वडाको नेतृत्वको लागि हरेक हिसाबले सक्षम लोकप्रिय युवा दिल कुमार तमाङको नेतृत्वको टिमलाई अत्यधिक बहुमतले बिजयी गराऔँ।

Leave a Reply