जिम्बावे ‘ए’सँग खेल्ने नेपाली टोलीको घोषणा

475

काठमाडौँ | वैशाख ९| नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावे ‘ए’सँग खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले शुक्रबार दुई सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको हो । नेपालले जिम्बावे ‘ए’विरुद्ध एकदिवसीय र टी–ट्वान्टी क्रिकेट सिरिज खेल्दै छ । त्यसका लागि क्यनले २३ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको हो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीमा यही टिमबाट खेलको दिन अन्तिम ११ छनोट हुनेछ । नेपाल र जिम्बावे ‘ए’ बीचको सिरिज बैशाखमा हुनेछ । नेपालले जिम्बावे ‘ए’ सँग तीन एकदिवसीय र तीन टी–ट्वान्टी खेल खेल्नेछ । सिरिज बैशाख १७ गते त्रिवी क्रिकेट मैदानमा हुनेछ ।

Leave a Reply