ह्वात्तै घट्यो सुनको मूल्य

399
saajhaonline

काठमाडौं, बैशाख ७ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ । योसँगै आज छापावाल सुन प्रतितोला १ लाख ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १०० रुपैयाँ कायम गरिएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ थियो ।

बुधबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेको छ । आज चाँदीप्रति तोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply