दुवाकोटमा आजदेखि वीर अस्पतालको ल्याब सेवा सुरु

350

काठमाडौं, २ बैशाख । वीर अस्पतालले भक्तपुरको दुवाकोटमा ल्याब तथा एक्सरे सेवा सुरु गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गतको वीर अस्पतालले दुवाकोटमा आजदेखि उक्त सेवा सुरु गरेको हो ।

सेवा विस्तार गरेसँगै दुवाकोटबाट अब हात खुट्टा भाँचिएको, छाती लगायतका एक्सरे सेवा बिरामीले पाउने भएका छन् । ठुलो परीक्षण गर्न परेमा वीर अस्पतालमा त्यहीबाट रिपोर्ट पठाउने पनि जनाइएको छ ।

दुवाकोटबाट सेवा दिन एक चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीहरु खटाइएको छ ।

Leave a Reply