दक्षिण एशियाकै नमुना घोषणा भइसकेको घले गाउँलाई केपी ओलीले आज ‘खुसी गाउँ’ घोषणा गर्दै

480

काठमाडौं, २ वैशाख । दक्षिण एशियाकै नमुना घोषणा भइसकेको घले गाउँलाई केपी ओलीले आज ‘खुसी गाउँ’ घोषणा गर्ने भएको छ |यो गाउ २ पटकसम्म दक्षिण एशियाकै नमुना गाउँ घोषणा भइसकेकाे छ |

अध्यक्ष ओलीले आज एक कार्यक्रमकाबीच घले गाउँलाई खुसी गाउँ घोषणा गर्ने कार्यक्रम रहेको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष घलेले जनाएका छन् ।

घलेगाउँ लमजुङको क्व्होलासोँथर गाउँपालिका – ३ मा पर्दछ । घलेगाउँ यसअघि बाट नै स्मार्टभिलेज भनिदै आएको थियो । पर्यटकीय स्थालको रुपमा विकास भइसकेको घले गाउँमा एकैनासका रातो रंगको जस्ता घरहरु रहेका छन् । जो पर्यटकका लागि आकर्षणको एक आधार बन्न पुगेको छ ।

यहाँ पर्यटन क्षेत्र निर्माणका लागि ०५६ देखि स्थानीयले कार्यक्रम थालेका थिए । सुरुका दिनमा १२ घरबाट घलेगाउँमा होमस्टे सञ्चालन गरिएको थियो ।

हाल त्यहाँ १ सय ३५ घर रहेका छन् । जसमा ४२ घरमा होमस्टे सञ्चालन भइरहेको अध्यक्ष घलेले बताएका छन् ।

विशेषगरी घले गाउँ पम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले भरिपूण रहेको क्षेत्र हो । त्यहाँको पर्यटककीय विकासले स्थानीयमा आर्थिकोपार्जन पनि मनग्य हुने गरेको छ । यस गाउँलाई हालसम्म २ पटक दक्षिण एशियाकै नमुना गाउँ घोषणा भइसकेको छ ।

Previous articleघरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए अब ५ सय जरिवाना हुने
Next articleअमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन भ्रमण नगर्ने

Leave a Reply