थपिए १९ संक्रमित, सक्रिय ५ सय २०

286

नेपालमा पछिल्लो २४ घन्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बुधबार १९ जनामा संक्रमण पुष्टि भएको हो।

अधिकारीका अनुसार ४ हजार ७१५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

३ हजार ३४९ जनाको पिसिआर र १ हजार ३६६ जनाको एन्टिजेन परीक्षण गरिएको अधिकारीले जानकारी दिए।
अहिले देशभर ५ सय २० जना सक्रिय संक्रमित छन्।

४९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

Leave a Reply