सुनको मूल्य ९८ हजार नौ सय रुपैयाँ

368

काठमाडौँ, १७ चैत | सुनको भाउ बिहीबार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९८ हजार नौ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, बुधबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार चार सय रुपैयाँमा काराेबार भइरहेकाे छ । चाँदीको भाउ भने १० रुपैयाँ घटेको छ । बुधबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ५० रुपैयाँ निर्धारण भएको छ ।

Previous articleएक लाख राशिको कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट किशोर नेपाल सम्मानित
Next articleकमल थापाको जिल्लामा लिङ्देन जाँदै, राप्रपा मकवानपुरको अध्यक्षमा शिवराम थापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here