कर्णालीमा रिक्त ८६७ जनशक्तिको पदपूर्ति हुन्छ : सचिव थापा

368

जुम्ला, १३ चैत

प्रदेश लोकसेवा आयोग सुर्खेतका सचिव भुपेन्द्र थापाले कर्णालीका मन्त्रालय,७९ वटै स्थानीय तह तथा विषयगत कार्यालय गरी करिब आठ सयभन्दा बढी कर्मचारीको दरबन्दी रिक्त रहेको बताएका छन् । उनले दरबन्दी रिक्त हुँदा नियमित सेवा प्रवाहदेखि विकास निर्माणका काम समेत प्रभावित हुँदै आएकाे बताए ।

दक्ष र प्राविधिक जनशक्ति अभावकै कारण कर्णालीको विकास खर्च लक्ष्यअनुसार नभएको र विकास निर्माणदेखि दैनिक सेवा प्रवाह प्रभावित भएको गुनासाे आइरहेकाे छ । जस कारण लोकसेवा आयोग कर्णाली प्रदेशले ठूलो संख्यामा कर्मचारी भर्ना खोलेको छ ।

प्रदेशको पुँजीगत खर्च बढाउन,सेवा प्रवाहलाई सहज र छिटो छरितो गर्न आगामी असोजभित्र रिक्त रहेको ८ ६७ जना दक्ष जनशक्ति पदपूर्ति गर्ने लक्ष्यअनुसार काम भइरहेको लोक सेवा आयोग कर्णाली प्रदेशका सचिव भूपेन्द्र थापाले बताए ।

केहि महिनाअघि प्रदेश लोक सेवा आयोग कर्णालीले सातवटै प्रदेशमध्य बढी संख्यामा मागअनुसार सहायक चौथोमा ३८५ जना, सहायक पाँचौँमा ८७८ जना र सहायक विभिन्न पदमा ४२ जनाको एकसाथ विज्ञापन गरेको छ । आगामी असोजसम्म सबै प्रक्रिया पूरा गरी कर्मचारी सम्बन्धित कार्यालयमा खटाइनेछ ।

Previous articleवैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको तदर्थ समिति विस्तार
Next articleभक्तपुरमा फोहर पानी प्रशोधन केन्द्र निर्माणको कार्य सुरु

Leave a Reply