सलमान खान अभिनित ‘टाइगर ३’ नेपालमा सुटिङ हुने चर्चा

737
saajhaonline

काठमाडौं, ७ चैत

भारत झैँ नेपालमा पनि उत्तिकै फ्यान फ्लोअर्स भएका बलिउड अभिनेता सलमान खान नेपाल आउने चर्चा बेलाबखतमा हुने गरेको छ । तर, अहिलेसम्म उनी नेपाल आएका छैनन् ।

सलमानको एक सांगीतिक टुर नेपालमा हुने भनिए पनि अन्तिम समयमा रोकिएको थियो । साथै, आइफा अवार्डमा आउने भनिए पनि सो अवार्डप्रति तीव्र विरोध भएका कारण नेपालमा भएन । यस्तै कारणले गर्दा नेपाल आउन नसकेका सलमान अब आगामी मेमा नेपाल आउने चर्चा चलेको छ ।

उनको प्रतीक्षित फिल्म ‘टाइगर ३’ को केही दृश्य छायांकनका लागि सलमान नेपाल आउने चर्चा बढेको छ । उनले नेपालमा कन्सर्ट गर्ने भनिएको समयकै आसपास पारेर फिल्मको छायांकन हुनसक्ने बताइएको छ । यद्यपि यसबारे आधिकारिक रूपमा सम्बन्धित पक्षले केही बताएको छैन ।

यस अगाडि पनि अक्षय कुमार, अनुपम खेरलगायतका कलाकारहरूको फिल्म छायांकनको अनुमति अन्तिम समयमा लिएको हुनाले सलमानको हकमा पनि त्यही हुनसक्ने बताइएको छ ।

फिल्ममा सलमानले स्पाई एजेन्ट टाइगर अर्थात् अभिनाशसिंह राठौरको भूमिका निर्वाह गरेका छन् । उनको फिल्मको छायांकन धेरै देशमा गरिएको छ । यसैले गर्दा केही दृश्य नेपालको पनि छायांकन गर्नसक्ने बुझिएको छ ।

Previous article१८औँ एनएसजेएफ-पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा
Next articleरेसुंगा नगरको किसानमैत्री कार्य : कृषकको घरबाटै कृषि उत्पादन खरिद गर्ने, आफ्नै बजारबाट बिक्री गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here