अर्घाखाँचीमा दर्ता भएका यी हुन् १२ दल

512

अर्घाखाँची, ७ चैत

राष्ट्रिय मान्यता प्राप्त नगरेका आठसहित अर्घाखाँचीमा आगामी स्थानीय निर्वाचनका लागि १२ दल दर्ता भएका छन् ।

निर्वाचन आयाेगले दिएकाे समयसीमाभित्र आठ दल दर्ता भएकाे जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रवि अर्यालले जानकारी दिए ।

आयाेगले दिएकाे समयसीमाभित्र सबैभन्दा पहिला नेपाल परिवार दलका अध्यक्ष डिल्लीराज भुसालले जिल्ला निर्वाचन कार्यालय पुगेर दल दर्ता गरेका हुन् ।

दाेस्राे नम्बरमा विवेकशील साझा पार्टी दर्ता भएकाेे छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, उन्नत लाेकतन्त्र पार्टी, राष्ट्रिय जनमाेर्चासहितका सात दल निर्वाचन आयाेगले सूचना जारी गरेकै दिन ४ गते दर्ता भएका हुन् ।

अन्तिम दिन आइतबार कमल थापा नेतृत्वकाे राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पनि जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीमा दर्ता भएकाे छ । अर्घाखाँचीमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहित चार राष्ट्रिय मान्यता प्राप्त दल सक्रिय छन् ।

Previous articleआठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो, निर्यात ८२.९० प्रतिशतले बढ्यो
Next articleआमा बन्दै सोनम कपुर

Leave a Reply