हाँस्य टेलि-सिरियल “दिने बूढो” टेलि श्रृखला क्रमिक रुपमा दर्शकहरु माझ लोकप्रिय हुदै ।

701

काठमाडौ / समाजमा रहेको समसामयिक बिषयमा आधारित कथा वस्तु रहेको नेपाली हाँस्य टेलि-सिरियल “दिने बूढो” को ३० औ श्रृखला दर्शकहरु माझ लोकप्रिय हुँदै गरेको छ । यो सिरियल हरेको हप्ताको बिहिबार साँझ ०५:०० बजे सार्वजनिक हुने गर्दछ ।

शुरु देखि नै देखि निरन्तररुपमा GAZABKO TV युट्युब च्यानलबाट प्रसारण हुँदै आएको नेपाली हाँस्य टेली-सिरियल “दिने बूढो” ले नेपाली समाजमा रहेका बिबिध पक्षहरुलाई समय र परिस्थिति अनुसार गम्भीर तथा हाँस्य-ब्याग्यात्मक तरिकाले प्रस्तुत गर्दै आईरहेको छ। हालै प्रसारण भएको ३० औ श्रृखलाबाट कथावस्तुमा पृथकिकरणका साथै केहि नयाँ तथा पुराना कलाकारहरु समेत थपिने कुरा सिरियलका लेखक तथा निर्देशक दिप सागरले हाम्रा अनलाइन संग बताए । उक्त सिरियलमा कलाकार मोहन भण्डारी,कृष्णा खड्का,सुमन पोख्रेल,नरेश के सी,दिनेश लामा,राजु कार्की,रचना कार्की,संगीता पुढासैनी,सन्तोष कार्की,बिमला महर्जन,बिकास रसाईली,जस्टिन सिटौला बिस्नु घर्ती,केशव अधिकार,ज्याक योङ्हाङ्ग सुब्बा,स्वीटी दोङ्ग तामाङ्ग,राम श्रेष्ठ,राजा माबो आदि कलाकारहरुको अभिनय  शशक्त रुपमा देख्न पाईन्छ।संगीतमा दिप सागरको शब्द,पवन वाङ्ग लामाको लय तथा आवाज,शिव पराजुलीको प्रकाश,स्वीटी दोङ्ग तामाङ्गको श्रृगार,संगीता थापाको निर्माण साथै फ्लोरिना फिल्मसको प्रबिधि,एभरेस्ट आउटडोर हाउस प्रा.ली.को प्रायोजन र मुख्य सहायक निर्देशन राजा माबो रहेका छ भने लेखन,छायांकन,सम्पादन तथा निर्देशन अग्रज चलचित्रकर्मी दिप सागरको रहेको छ।

समग्रमा  हेर्द यो सिरियलमा धेरै मेहनतका साथ कलाकारहरुको अभिनय र उत्तिकै मेहनती निर्देशन  तथा सम्पादानको भुमिका देख्न पाइन्छ ।

“”दिने बूढो “” टेलिसिरियल हेर्न 👇️👇️👇️

 

Previous articleमाछापुच्छ्रे बैंकद्वारा आगलागीमा परेका ११ घर परिवारलाई खाद्मान्न तथा भाडाँकुडा सहयोग
Next articleआजको राशीफल : कुम्भको सोचे अनुसार काम हुने, अरु कसको कस्तो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here