नेपाल प्रहरीले माग्यो १ लाख म्यादी प्रहरी

601

काठमाडौं, १ चैत

सरकारले १ लाख जना म्यादी प्रहरी माग गरेको छ ।

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना प्रकाशन गरेको हो ।
जसमा माग पद संख्या १ लाख जना रहेको जनाइएको छ ।

चैत ६ गतेदेखि ११ गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले सूचनामा जनाएको छ । तोकिएको मितिभित्र विहान १० बजेदेखि ५ बजेसम्म दरखास्त दिन सकिने छ ।

त्यसका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्ने सूचनामा जनाइएको छ।

Previous articleपललाई फेरि तनहुँ ल्याइयो
Next articleयस्तो छ आजको राशिफल:मेषलाई आकस्मिक अर्थलाभ, मिथुनलाई यात्रामा कष्टकर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here