विकटताको खाल्डोबाटै विद्यार्थीलाई सफलताको शिखर चढाइरहेको एउटा विद्यालय

305

महोत्तरी, २९ फागुन

खयरमारा बजारबाट करिब आठ किलोमिटर यात्रा गरेपछि छोड्के पुगिन्छ । चारैतिर चुरे पर्वतले घेरिएको यो ठाउँमा नदीको किनार छाडेर  सय मिटरअघि बढेपछि रूखको छेउमा टाँसेको एउटा बोर्ड छ । बोर्डमा मेटिन लागेको पूरानो अक्षरमा श्री माध्यामिक विद्यालय लेखिएको छ ।

वरपर कतै पनि गाउँ देखिदैनन् । जंगलको बीचमा रहेको यो भवन विद्यालय होला भनेर पत्याउन निकै मुस्किल हुन्छ । तर, महोत्तरीको बर्दिबास–११ स्थित छोड्के भन्ने ठाउँमा रहेको यो विद्यालयमा तीन सय विद्यार्थी अध्ययरन छन् ।

नदीको किनारबाट विद्यालयका लागि कम्पाउण्ड उठाइएको छ । दुई, तीन वटा जिर्ण भवनको बीचमा टलक्क टल्केको एकतले भवन पनि साथमै छ । नगरप्रमुख विदुर कार्की परैबाट औल्याउँदै भन्दैछन्, ‘यसपालि नै बनाएको भवन हो । झण्डै २५ लाख लाग्यो । साथमा यो छेउमा कम्पाउण्ड पनि बनायौं।’

विद्यालयको हाताभित्र प्रवेश गरेपछि लाइब्रेरी र केही थान कम्प्युटर पनि देखिन्छन् । व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर तामाङ भन्छन्, ‘हामीले विद्यालयमा कम्प्युटर पनि सिकाउँछाँै । प्रावधिक शिक्षकको त अभाव नै छ । तै पनि जानेका सरहरूले सिकाउनु हुन्छ ।’

यहाँका विद्यार्थीहरूको भने आफ्नै कथा छ । सबैभन्दा नजिक भनेका विद्यार्थीको घर र विद्यालयको दुरी आधा घण्टाको छ । सर्लाहीको कालिन्जोर, फुलजोर, खयरमाराको गर्दी, गुरूङ खोला, गर्दी खोला, छोड्के, भाङ्ग्रे झ्याउरे, पिपलदह, चनौटे जस्ता ठाउँका विद्यार्थी यहाँ पढ्न आउँछन् ।

तराईको विद्यालय भए पनि यहाँ आइपुग्ने सडक निकै कठिन छ । अझ भनौ सडकनै छैन । केही समयअघि मात्रै नगरपालिकाले सडकको ट्रयाक खोलेको छ ।
कालिन्जोर, फुलजोर सिदिबाट आउने विद्यार्थी करिब दुई घण्टा हिडेपछि बल्ल विद्यालयमा आइपुग्छन् । सबैभन्दा बढी सडक सञ्जालको विकास भएको तराईमा चुरे पर्वतको काखमा रहेका यस्ता ठाउँका विकटताले विद्यार्थीहरूलाई समस्या परिरहेको छ ।

२०४० सालमा स्थापना भएको यो विद्यालयले बर्षौदेखि यही विकटताको खाल्डोमा रहेर पनि धेरै जनालाई सफलताको शिखरमा पु¥याएको छ । यही विद्यालयमा अध्यन गरेका कयांै विद्यार्थी अहिले सरकारी तथा उच्च ओहदामा कार्यरत छन् ।

विहान दुई घण्टा बेलुका दुई घण्टा साँझ गरी दिनको चार घण्टा बिताएपछि बल्ल साना, ठूला नानीहरू विद्यालयमा पढ्न पाउँछन् ।

नगरपालिकाले यहाँको विकटतालाई महसुस गरी ध्यान पुर्‍याएको छ । सम्भवतः दुई वर्षभित्र यहाँ स्थायी सडक बन्ने र यस भेगवाट विकटता विस्थापन हुने नगरप्रमुख कार्की बताउँछन् ।

त्यसो त सम्बन्धित निकायको व्यवास्ताले पनि बर्षाैदेखि छोड्के र यस विद्यालय निकै विकटताको खाडलमा रहेको छ स्थानीयको बुझाइ छ । ‘पछिमात्र स्थानीय सरकारको अखाँ पर्दैछ । यही गतिमा ध्यान दिएको भए यतिन्जेलसम्म निकै सुगम भइसक्थ्यो होला ।’ स्थानीय युवा सोमबहादुर बम्जनले भने ।

सामान्य स्वास्थ्य चौकी पुग्न यहाँका बासिन्दालाई अझै घण्टाँै हिड्नु पर्ने बाध्यता छ । बिरामी हँुदा एम्बुलेन्स पुग्दैन । नदीको किनारलाई नै सडक ठानेर सवारीसाधन चल्छन् । बर्षायाममा यहाँ नाकावन्दी जस्तै हुन्छ । न विद्यार्थी विद्यालय पुग्न सक्छन् न त शिक्षक नै । त्यसैले हरेक बर्षायाममा करिब दुई महिना विद्यालय बन्द हुन्छ ।
अझै पनि शिक्षकहरू यहाँ पर्याप्त मात्रा नभएको गुनासो गर्छन । स्थानीय कदमबहादुर आले । ‘शिक्षकहरू थिएनन् बल्ल एक जना शिक्षक नगरले पठाएको छ । अझै केही दरबन्दी आवश्यक छ ।’ उनले भने ।

विद्यालयमा अध्यन गर्ने विद्यार्थीहरूको मात्र होइन स्थानीयको पनि छोड्के गाउँमा समस्या छ । बजार जान मात्रै यहाँबाट तीन घण्टा हिड्नुपर्छ, वर्षायाममा त बजारसम्म जान नसक्ने अवस्थाले पहिल्यै जोहो गरेर राख्नुपर्ने उनीहरूको भनाइ छ ।

‘छोराछोरीहरूको कापी, कलम सकिँदा कहिलेकाही महिनांैसम्म समस्या पर्छ ।’ स्थानीय कदमवहादुर भन्छन् ।

विद्यालयको अवस्था जस्तोसुकै भएपनि यही पढेका विद्यार्थीहरू देशको उच्च ओहदामा भएको र विकटता जस्तोसुकै भएपनि ज्ञान र शिक्षामा भने सुगमता छरेको स्थानीय बताउँछन् ।

Previous articleइन्जिनियर एसोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूह अगाडि, पाँच प्रदेशको परिणाम आयो
Next articleआमालाई औषधि किन्न जाँदा रुसी ट्यांकको हमलामा परिन भ्यालेरिया

Leave a Reply