पन्जावमा आम आदमीलाई अप्रत्यासित सफलता

426

नयाँ दिल्ली, २६ फागुन

पन्जाव प्रान्तमा आम आदमी पार्टीले अप्रत्यासित सफलता प्राप्त गर्ने देखिएको छ । मतगणनाकाे सुरुवाती रुझानमा आम अ‌ादमी पार्टी विजयउन्मुख देखिएको छ । त्यस्तै, क‌ंग्रेसले पार्टीले केबल १४ सीटमा अग्रता कायम गरेकाे छ ।

११७ सिट भएको पन्जाबमा आम आद्मी ९१ सीटमा अगाडि देखिएको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ ।

पन्जावमा आपको उदयले देशकै सबैभन्दा पुरानो पार्टी कंग्रेसलाई ठूलो धक्का लागेको छ । पन्जावमा आम अ‌ादमीकाे विजय निश्चत भएसँगै अरबिन्द केजरीवालका लागि दिल्लीबाहिर पहिलो ठूलो सफलता हुनेछ ।

पन्जावमा आपले भागवन्त सिंह मनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको छ । ४८ वर्षीय मन सन् २०१४ मा आम अ‌ादमी पार्टीमा प्रवेश गरेका थिए । सन् २०१९ को निर्वाचनमा पन्जाबबाट लोकसभा चुनाव जित्ने आपका एक मात्र उम्मेदवार हुन् ।

बिहीबार पाँच वटा राज्यमा विधान सभा चुनावको मतगणना जारी छ । उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब, गोवा र मणिपुरमा मतगणना भइरहेको छ ।

Previous articleबेन्जेमाले ह्याट्रिक गर्दा पीएसजी बाहिरियो
Next articleएमसीसी अनुदान रकमले देश विकास र रोजगार बढाउँछ : प्रधानमन्त्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here