संखुवासभा बस दुर्घटना अपडेट : सात जनाको मृत्यु

231

संखुवासभा, २६ फागुन
संखुवासभाको मादी नगरपालिका-६ मा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । मादीको ओखरबोटे बजार बाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सवेदीले जानकारी दिए ।

बिहीबार बिहान साढे सात बजे मादी– ६ को सातघुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा परेका तीन जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकाहरुकाे पहिचान खुल्न सकेकाे छैन ।

Leave a Reply