संखुवासभा बस दुर्घटना अपडेट : १४ जनाकाे मृत्यु

200

संखुवासभा, २६ फागुन | संखुवासभामा भएकाे बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे छ । मादी नगरपालिका-६ मा बिहीबार बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सवेदीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे हाे ।  पाँच जना घाइते भएका छन् ।

दमकतर्फ जाँदै गरेको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका-६ सातघुम्तीमा दुर्घटनामा परेकाे थियाे ।

Leave a Reply