रुसी आक्रमणका कारण भएको महिला र बालबालिकाको व्यापक मानवअधिकार उल्लंघन विरुद्ध प्रदर्शन

406

काठमाडौं, २४ फागुन

मानव अधिकार तथा शान्ति समाजले युक्रेन माथि रुसले गरेको आक्रमणका कारण भएको महिला र बालबालिकाहरुको ब्यापक मानवअधिकार उल्लङ्घनको बिरोधमा प्रदर्शन गरेको छ ।

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मंगलबार रुपन्देहीको वुटवलमा भएको विरोध प्रदर्शमा रुसलाई तत्काल युद्ध रोकी मानवअधिकारको सम्मान गर्न आग्रह गरिएको थियो ।

प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युक्रेनमाथि रुसी आक्रमणका कारण लाखौ विस्थापित एवं शरणार्थी  भएको जनाए ।

मंगलबार बिहान आघा घण्टा भएको प्रदर्शनमा शान्ति समाजका सचिव मिना ढकाल, पूर्व केन्द्रीय सदस्य अञ्जु गौतम, रुपन्देही शाखा सभापति डिपी खनाल, सचिव कपिल ज्ञवाली लगायत दर्जनौ शान्तिवादीहरुको सहभागिता रहेको थियो ।

यस्तै अन्तराष्ट्रिय नारी दिवसका दिन मंगलबार नै शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा ‘रुस युक्रेन युद्ध ः महिला र बालबालिका संकटमा’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।

Previous articleव्यास नगर म्याराथनकाे उपाधि कान्छीमायालाई
Next articleकपिलवस्तुमा ट्रकमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here