बाँसबारीविरुद्ध सरस्वतीको पुनरागमन जित I

139
saajhaonline

काठमाडौं, १८ फागुन /बाँसबारी क्लबविरुद्ध एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा सरस्वतीले ३–१ अन्तरले जित निकाल्यो ।

पहिलो खेलमै जित निकाल्ने क्रममा सरस्वतीका लागि विक्रम बिसुन्के, सृजन लामा र भुपेन्द्र शाहीले समान एक एक गोल गरे । बाँसवारीका विक्की राईले सान्त्वना गोल फर्काए ।

खेलको छैटौँ मिनेटमा विक्कीले बाँसवारीलाई अग्रता दिलाए । २१औँ मिनेटमा बिक्रमले गोल गर्दा अघिल्लो सिजन-०७६ मा ए डिभिजनबाट घटुवा भएको सरस्वतीले बराबरी गोल गर्याे ।

८७औँ मिनेटमा शृजन र ९० मिनेटपछिको ईन्जुरी समयमा भुपेन्द्र शाहीको गोलसँगै सरस्वतीले पहिलो खेलमै तीन अंक जोड्न सफल भयो ।

आजनै भएको पहिलो खेलमा भगवती क्लबले झम्सिखेल युथ क्लबलाई समान अन्तरले पराजित गर्याे । आजै हुने अन्तिम खेलमा विरगंज युनाईटेड र ब्वाईज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

१४ क्लब सहभागी लिगको शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुने छन् भने पुछारका दुई टोली सी डिभिजन लिगमा घटुवा हुने छन् ।

Leave a Reply