शंकास्पद वस्तु टाइम बम, सेनाद्वारा निष्कृय

396

महोत्तरी, १४ फागुन

महोत्तरीमा फेला परेको शंकास्पद वस्तु टाइम वम भएको पुष्टि भएको छ ।

टाइम बम भएको पुष्टि गर्दै नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।

अहिले यहाँको जनजीवन सामान्य बनेको नगर प्रमुख हरि मण्डलले जानकारी दिए । 

प्रहरीले उक्त बमको बिषयमा अनुशन्धान अगाडि बढाएको छ । नगरपालिका कार्यालयनजिकै राखिएको बमको बिषयमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

विहान करिब १० बजे झोलाभित्र प्रेसर कुकर र तार फेला परेपछि स्थानीयले प्रहरीलाइ खवर गरेका थिए । 

Previous articleस्याउ किसानको बगैँचामै पुगेर व्यवस्थापनसम्बन्धी सिप प्रदान
Next article१४ सांसदलाई निष्कासन नगरेसम्म संसद चल्दैन : एमाले उपाध्यक्ष बादल

Leave a Reply