सुनको मूल्य ताेलामा १०० रुपैयाँले बढेको

102
saajhaonline

काठमाडौँ, ८ फागुन | सुनको भाउ साताकाे पहिलाे दिन आइतबार प्रतितोलामा १०० रुपैयाँको दरले बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । गत साताकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा  कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको मुल्य भने स्थिर  छ  । शुक्रबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्य कायम गरिएकाे महासंघले जनाएकाे छ ।

 

Leave a Reply