सर्ट फिल्ममा रामजीको ‘हनिमुन’

415

काठमाडौं, ६ फागुन| पत्रकार रामजी ज्ञवालीले आफ्नो जन्मदिनको अवसर पारेर सर्ट फिल्म ‘हनिमुन’ दर्शकमाझ ल्याएका छन् । उनकै लेखन तथा निर्देशन रहेको फिल्ममा विशाल कटवाल र प्रतिभा केसीको अभिनय छ ।

फिल्ममा बिहेपछि श्रीमान र श्रीमती हनिमुन मनाइरहँदा एउटा सानो असमझदारीका कारण भएको झगडालाई देखाइएको छ ।

‘केटा अथवा केटीले बिहेका लागि राजी हुँदै गर्दा आफ्नो पार्टनरको विगतलाई स्वीकार्नुपर्छ । तर, उनीहरुको विगतका कमी कमजोरीलाई सम्झाउँदा त्यसले दाम्पत्य जीवन तनावपूर्ण बन्छ भन्ने कुरालाई मैले फिल्ममा प्रस्तुत गरेको छु’, रामजीले भने ।

‘हनिमुन’मा विजय अर्यालको स्वर, विशाल निरौला र विजय अर्यालको संगीत, योगेश काजीको पाश्र्व संगीत तथा मिक्सिङ, राजेन्द्र मोक्तानको कलरग्रेडिङ, शाहिल खान र मिलन श्रेष्ठको सम्पादन तथा संकल्प भुजेलको छायांकन छ । फिल्म राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

रामजीले यसअघि ‘डार्क मुन’, ‘एक लभर’, ‘लकडाउन’ लगायतका सर्ट फिल्म निर्माण गरिसकेका छन् ।

Previous articleहेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
Next articleगठबन्धनमा एमसीसीमा सहमति जुटेन, आइतबार फेरि बैठक बस्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here