आठ महिनापछि स्वदेश फर्कदै साबित्रा

397
saajha online

काठमाडौं, २५ माघ | कतारको अस्पेटार अस्पतालमा उपचाररत नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भन्डारी (साम्बा) मंगलबार स्वदेश फर्किने भएकी छिन् ।

साबित्रा करिब आठ महिनाको उपचारपछि नेपाल फर्किन लागेकी हुन् । बिभागिय एपीएफ फुटबल क्लबबाट घरेलु लिग खेल्ने साबित्रा गत फागुन तीन गते राष्ट्रिय महिला लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी थिइन् ।

दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको कारण उनको उपचार अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा कतारमा भएको हो । साबित्रा असार १२ गते उपचारका लागि कतार गएकी थिइन् ।

Leave a Reply